क्ष / छ को प्रयोग
'क्ष' को प्रयोग
१. अक्ष, अक्षर, अध्यक्ष, परीक्षा, क्षण, क्षति, क्षमता, क्षमा, क्षितिज, क्षेत्र, क्षेप्यात्र, चक्षु, दक्ष, दिक्षा, नक्षत्र, परीक्षण, प्रत्यक्ष, भिक्षा, रक्षा, लक्षण, शिक्षण, शिक्षा, समक्ष, सर्वेक्षण, साक्षी, पक्ष, साक्षरजस्ता तत्सम
शब्दहरुमा 'क्ष' प्रयोग हुन्छ ।
'क्षे' को प्रयोग
१.
अक्षेता, क्षेत्र, क्षेत्रीय, क्षेप्यास्त्र, आक्षेप, सङ्क्षेपजस्ता तत्सम शब्दमा 'क्षे' को प्रयोग हुन्छ ।
'क्ष्य' को प्रयोग
परिप्रेक्ष्य, उपलक्ष्य, लक्ष्य, आरक्ष्यजस्ता तत्सम
शब्दमा 'क्ष्य' को प्रयोग हुन्छ ।
'छ' को प्रयोग
१. अभूतकालीन क्रियामा 'छ' को प्रयोग हुन्छः
जस्तै - खान्छ, जानेछ, पढ्छ, पढ्नेछ आदि ।
२. छर्, छाड्, छान्जस्ता धातुमा
पनि 'छ' को प्रयोग हुन्छ ।
३. छटाहा, छड्के, छनुवा, छपनी, छपाइजस्ता
व्युत्पन्न शब्दमा 'छ' को प्रयोग गरिन्छ ।
४. छक्क, छडी, छत्तीस, छपन्न, छर्रा, छट्नीजस्ता शब्दमा 'छ' को प्रयोग गरिन्छ ।
५. छत्र, छटा, छन्द, छल, छाता, छिद्र, इच्छा, गुच्छ, तुच्छ, स्वच्छ आदिजस्ता
तत्सम शब्दमा 'छ' को प्रयोग हुन्छ ।
'छे' को प्रयोग
१.
अभूतकालीन स्त्रीलिङ्गी क्रियामा 'छे' को प्रयोग हुन्छः
जस्तै - जान्छे, खान्छे, देख्छे आदि ।
२.
छेक, छेत्री, छेपारो, छेलो, छेऊ, छेक्नु, छेस्किनी, बछेडोजस्ता शब्दमा 'छे' को प्रयोग गरिन्छ ।
'छ्य' को प्रयोग
१. छ्या, छ्याके, छ्याङ्, छ्यापछ्याप्ती, छ्याप्नु, रछ्यान, छ्यूँ, विछ्यौनाजस्ता
झर्रा नेपाली शब्दमा 'छ्य' को प्रयोग गरिन्छ ।
No comments:
Post a Comment