ओ / व को प्रयोग
'ओ' को प्रयोग
१. तत्सम शब्दमा 'ओ' प्रयोग हुने केही
शब्दः जस्तै - ओखल, ओइरो, ओखती, ओछ्यान, ओझेल, ओठ, ओढार, ओदान, ओसिलो, ओढ्नु, ओरालो, ओर्लिनु, ओस, ओसारपसार, ओसार्नु, ओहोरदोहोर आदि ।
२. आगन्तुक शब्दमा पनि 'ओ' को प्रयोग गरिन्छः
जस्तै - ओभरलोड, ओहदा, ओट, ओत, ओभरसियर आदि ।
३. कराओ, खाओ, जाओ, देओ, कराओस्, देओस्, जाओस्जस्ता
क्रियापदमा पनि 'ओ' को प्रयोग गरिन्छ ।
'व' को प्रयोग
१.
थकावट, नरिवल, मिसावट, वटा, वरिपरि, वस्तीजस्ता तद्भव शब्द र टावर, पावर, वकिल, वकालत, वजन, वतनजस्ता आगन्तुक
शब्दमा 'व' को प्रयोग हुन्छ ।
No comments:
Post a Comment