ऋ / रि / री को प्रयोग
'ऋ' को प्रयोग
१. 'ऋ' को प्रयोग केवल
संस्कृतको तत्सम शब्दमा मात्र हुन्छः जस्तै - ऋषि, ऋचा, ऋतु, ऋण, ऋणी आदि ।
'रि' को प्रयोग
१. कुरिलो, खेरि, रिखिडोरो, रिङ्गटा, रिङ्गाइ, रिजाल, वरिपरि, सुरिलो, पक्रिनु, फक्रिनु, सरियो, सिङ्ग्रिङजस्ता
तद्भव शब्दमा 'रि' को प्रयोग हुन्छ ।
२. रिजर्भ, रिजल्ट, रिटायर, रिपोर्ट, रिल, रिहर्सल, रिवाज, रिकापी, रिहा, रिहाइ, रिक्सा, सिफारिसजस्ता
आगन्तुक शब्दमा पनि 'रि' प्रयोग गरिन्छ ।
'री' को प्रयोग
१. बटारी, गरी, झारी, भकारी, मितेरी, मेरी, सत्तरी, सिङ्गौरी, हेरी, बिक्री, फिक्री, लम्री, सिक्री, झुम्रीजस्ता तद्भव
शब्द र डायरी, सरी, सायरी, सायरीजस्ता आगन्तुक शब्दमा 'री' को प्रयोग गरिन्छ ।
No comments:
Post a Comment