वर्णः कुनै भाषाको ध्वनि व्यवस्थामा पाइने लघुतम
अर्थभेदक एकाइलाई वर्ण भनिन्छ । समान परिवेशमा आएर अर्थमा भिन्नता ल्याउने भाषाको
लघुतम रूप नै वर्ण हो । भाषाको सबैभन्दा सानो एकाइ जसलाई टुक्र्याउन सकिदैन त्यो
नै वर्ण हो ।
वर्णको वर्गीकरण
स्वर/व्यञ्जन वर्ण
क.
नेपाली भाषामा प्रयोग हुने देवनागरी लिपिमा
निम्नानुसारका स्वर वर्णहरू रहेको पाइन्छः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः ।
ख.
नेपाली भाषामा प्रयोग हुने देवनागरी लिपिमा
निम्नानुसारका व्यञ्जन वर्णहरू रहेको पाइन्छः क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ञ्, ट्, ठ्, ड्, ढ्, ण्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्, ल्, व्, स्, ष्, श्, ह्, क्ष्, त्र्, ज्ञ् ।
कथ्य/लेख्य वर्ण
१.
कथ्य वर्णः ।
क.
कथ्य स्वर वर्णहरूः अ, आ, इ, उ, ए, ओ।
ख.
कथ्य व्यञ्जन वर्णहरूः क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ट्, ठ्, ड्, ढ्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्, ल्, व्, स्, ह् ।
२.
लेख्य वर्णः नेपाली भाषामा प्रयोग हुने देवनागरी
लिपिमा निम्नानुसारका लेख्य वर्णहरू रहेको पाइन्छ ।
क.
लेख्य स्वर वर्णहरूः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः ।
ख.
लेख्य व्यञ्जन वर्णहरूः क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ञ्, ट्, ठ्, ड्, ढ्, ण्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्, ल्, व्, स्, ष्, श्, ह्, क्ष्, त्र्, ज्ञ् ।
खण्डीय/खण्डेत्तर वर्ण
१. खण्डीय वर्णः
स्वतन्त्र अस्तित्व भएका वर्णलाई खण्डीय वर्ण भनिन्छ । यस अन्तर्गत स्वर र व्यञ्जन
वर्ण पर्दछन् ।
२. खण्डेत्तर वर्णः
स्वतन्त्र रूपमा प्रयोग नहुने तथा अलग्गै अर्थ नभई स्वर व्यञ्जनका पूरक वा
विस्तारक भएर आउने मात्रा, आघात, अनुतान, अनुनासिकता, विरामजस्ता वर्णहरूलाई खण्डेत्तर वर्ण
भनिन्छ ।
sounds good
ReplyDeleteसंंवर्णको बारेमा पनि केही लेख आओस है हजुर।।
ReplyDelete