य / ए को प्रयोग
'य' को प्रयोग
१. सर्वनाम र त्यसबाट
निर्मित शब्दमा 'य' को प्रयोग हुन्छः जस्तै - यो, त्यो, यता, यति, यत्रो, त्यत्रो, त्यहाँ, त्यसरी, यतिञ्जेल आदि ।
२. व्युत्पन्न शब्दको
मध्य र अन्त्यमा 'य' को प्रयोग हुन्छः जस्तै - घुस्याहा, रत्यौली, मतियार, दुष्ट्याइँ, सहरिया, जहानियाँ, घरानियाँ आदि ।
३. यज्ञ, विद्यालय, यमुना, एयर, टायल, डायरी, डायल, सजाय, कायल, गयल, गायबजस्ता आगन्तुक
शब्दमा 'य' को प्रयोग हुन्छ ।
४. पेय, हाँस्य, कार्य, रमणीय, कर्तव्य, दृष्य, वाक्य, जय, माधुर्य, पाण्डित्य वाणिज्य, सौन्दर्य, राष्ट्रिय, क्षेत्रीय, स्वर्गीय, स्वकीय, राजकीय, भवदीय, अमात्य, ग्राम्य, मूल्य, मुख्य, मनुष्य, दैत्य, जलमय, वाङ्मयजस्ता तत्सम
शब्दमा 'य' को प्रयोग हुन्छ ।
५. भूतकालीन सहायक
क्रिया थियो, थियौँ, थियौ, आदि मा पनि 'य' को प्रयोग हुन्छ ।
६. 'ता' प्रत्यय अघि 'य' को प्रयोग गरिन्छः जस्तै - रचयिता, मनुष्यता आदि ।
'ए' को प्रयोग
१. खासगरी अङ्ग्रेजी
स्रोतबाट भित्रिएका आगन्तुक नेपाली शब्दमा 'ए' को प्रयोग हुन्छः जस्तै - एजुकेसन, एक्स-रे, एजेण्डा, एजेन्सी, एभरेस्ट, एयरलाइन्स आदि ।
२. संख्यावाचक शब्द र
त्यसबाट निर्मित शब्दमा 'ए' को प्रयोग हुन्छः जस्तै - एक, एउटा, एक्काइस, एकतीस, एकहत्तर, एकानब्बे आदि ।
३. सम्भावनार्थ, क्रियामा 'ए' को प्रयोग हुन्छः
जस्तै - खाइएला, गइएला, भनिएला, पढिएला आदि ।
४. एकता, एकत्व, एकादशी, एकत्र, एकाग्र, एकाङ्की, एकान्त, एवम्जस्ता तत्सम
शब्दमा 'ए' को प्रयोग हुन्छ ।
५. कृदन्त शब्दमा 'ए' को प्रयोग गरिन्छः
जस्तै - गएर, खाएर, भएर, सुनिएर, लस्किएर, कुल्चिएर आदि ।
६. भूतकाल बुझाउने
प्रथम पुरुषको एकवचन र तृतीय पुरुषको बहुवचन सामान्य क्रियामा र द्वितीय पुरुषको विध्यर्थ क्रियामा 'ए' को प्रयोग गरिन्छः
जस्तै - लाएँ, खाएँ, पठाएँ, लिएँ, गएँ, खाए, ल्याए, गाए, पाए, भए, दिएस्, रोएस्, खाएस्, धोएस्, गए आदि ।
No comments:
Post a Comment