श/ष/स को प्रयोग
'श' को प्रयोग
१.
संस्कृत तत्सम शब्दमा प्रायजसो 'श' को प्रयोग गरिन्छः
जस्तै - आक्रोश, गणेश, दिशा, श्लेष, श्लिष्ट, पाश्चात्य, पश्चिम, आश्चर्य, विश्वास, शाखा, स्पर्श, विमर्श, श्रुति, श्वास, शैक्षिक, शैली, शिशु, शिशिर, शीर्षक, शासन, शोषक, अशेष, विशेष, आश्वासन, शास्त्र, श्रोता, श्री, श्रृङ्खला, शक्ति, आशीर्वाद, श्लोक, निश्चय, श्रम, श्राप, विश्लेषण, संश्लेषण आदि ।
२.
विसर्ग (:) चिन्हको प्रयोग भएको ठाँउमा 'श' को प्रयोग हुन्छः
जस्तै - प्रायशः, शब्दशः, शतशः, अक्षरशः, क्रमशः आदि ।
३.
तद्भव र आगन्तुक शब्दमा 'श' को प्रयोग हुँदैन ।
'ष' को प्रयोग
१.
तत्सम शब्दमा ट, ठ, ड, ढ, ण, प को अगाडि 'ष' को प्रयोग हुन्छः जस्तै - अष्ट, ओष्ठ्य, कनिष्ठ, अनुष्ठान, घनिष्ट, पाषाण, षोडशी, आषाढ, दुष्ट, कष्ट, उष्ण, विशेषण, षष्ठी, वाष्प आदि ।
२.
तत्सम शब्दको 'क' को अगाडि 'ष' प्रयोग गरिन्छः जस्तै - मस्तिष्क, परिष्कार, पुष्कर, निष्काशन, निष्कर्ष आदि ।
३.
ईर्ष्या, कोष, ग्रीष्म, पौष, विषाद, निष्फल, भूषण, वर्षा आदि जस्ता केही तत्सम शब्दमा पनि 'ष' को प्रयोग हुन्छ ।
४.
तद्भव र आगन्तुक शब्दमा 'ष' को प्रयोग हुँदैन ।
'स' को प्रयोग
१.
सबै तद्भव शब्दमा 'स' को प्रयोग गरिन्छः जस्तै - सय, दस, सेतो, ससुरा, आँसु, पुस, सास, असोज, आकास, अस्ति, एक्कासि, पर्सि, सिमसिम आदि ।
२.
सबै आगन्तुक शब्दमा 'स' को प्रयोग गरिन्छः जस्तै - स्टेसन, रासन, सिकार, स्कुल, अफिसर, कोटेसन, सहर, बदमास, ब्रिटिस, सहिद आदि ।
३.
स, सत्, सम्, सु, स्वयं जोडिएका तत्सम शब्दको अगाडि 'स' प्रयोग गरिन्छः
जस्तै - सकाम, सफल, सत्कार, सज्जन, सम्मान, संयुक्त, समीक्षा, सुकर्म, सूक्ति, स्वस्ति, स्वरूप, स्वयंवर आदि ।
४.
तत्सम शब्दको बीचमा 'स' को प्रयोग गरिन्छः जस्तै - आस्तिक, कुसुम, असीम, शासन, सरस्वती, पुरस्कार, उत्सुक आदि ।
thx it helped meh
ReplyDelete