नेपाली भाषा
नेपाली भाषा नेपालको राष्ट्रभाषा र सम्पर्क भाषा
तथा भारत, भुटान
र बर्माको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा आर्य-भारोपेली
समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी काम काजको) भाषा हो । नेपालका
करिब आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी
लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णहरू छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा
३६ वटा वर्णहरू रहेका छन् ।
नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले
चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा
पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो ।
यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो ।
खस कुरा पश्चिम नेपालको मगर जातिहरूले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि
बढेको मानिन्छ ।
नेपाली भाषाका विशेषताहरू
१. बायाँबाट दायाँतिर लेखिने ।
२. स्वर तथा व्यञ्जन दुवै वर्णको प्रयोग भएको ।
३. शब्दको माथि भागमा डिका दिएर लेखिने ।
४. स्वर वर्णलाई मात्रा तथा अक्षर दुवै रूपमा प्रयोग गर्न सकिनेः जस्तै - आ/(क + आ) = का, इ/(क + इ) = कि आदि ।
५. बहुरूपी वर्णहरूको प्रयोग भएकोः जस्तै - 'र' का विविध रुप, 'ण' का विविध रूप आदि ।
६. बर्णात्मक लिपि भएको भाषा, एउटा चिन्हले एउटा वर्ण जनाउने ।
७. कतिपय वर्णहरू हलन्त बोलिए पनि अजन्त लेखिनेः जस्तै - चाल, पाल, मान, माल आदि ।

No comments:
Post a Comment