ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
पदादिमा ह्रस्वः
१. झर्रा र तद्भव
नेपाली शब्दमाः जस्तै - कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि ।
२. नाताबोधक शब्दमाः
जस्तै - बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी, आदि ।
३. उपसर्ग वा प्रत्यय
लागेका व्युत्पन्न शब्दमाः जस्तै - विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण, निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।
४. मूल वा व्युत्पन्न
सर्वनाम शब्दमाः जस्तै - तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।
५. संख्यावाचक शब्दः
जस्तै - दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।
६. आगन्तुक शब्दमाः
जस्तै - इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात, मिसन, बिगुल, लिची आदि ।
७. धातु वा क्रिया
शब्दमाः जस्तै - दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ, बिर्सिन्छ आदि ।
८. व्युत्पन्न वा
अव्युत्पन्न शब्दमाः जस्तै - उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु, चिम्म, फुत्त आदि ।
पदमध्यमा ह्रस्व
१.
झर्रा तद्भव र देशज शब्दमाः जस्तै - कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस, मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।
२.
नाताबोधक शब्दमाः जस्तै - भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी, देउरानी, बहिनी आदि ।
३.
उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण
शब्दमाः जस्तै - अनुमान, अतिरिक्त, अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया, बटुवा, कसिङ्गर, जिताउरी आदि ।
४.
अव्यय शब्दमाः जस्तै - अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।
५.
सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै - उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको, लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।
६.
सबै आगन्तुक शब्दमाः जस्तै - तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा, चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।
७.
केही संख्यावाचक शब्दमाः जस्तै - उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना, बाइसौँ आदि ।
पदान्तमा ह्रस्व
१. पुलिङ्गी नाम
शब्दमाः जस्तै - दाजु, भाइ, नाति, पति, गुरु आदि ।
२. कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने
भाववाची नाम शब्दमाः जस्तै - पढ्नु, लेख्नु, सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्याइँ, मुर्ख्याइँ आदि ।
३. स्थान जनाउने नाम
शब्दमाः जस्तै - बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
४. नपुंशकलिङ्गी
उकारान्त नाम शब्दमाः जस्तै - आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।
५. परिमाणबोधक विशेषण
शब्दमाः जस्तै - यति, उति, त्यति, कति, जति आदि ।
६. उकारान्त बिशेषण
शब्दमाः जस्तै - दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।
७. मूल अव्यय शब्दमाः
जस्तै - मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।
८. सामान्य क्रियाको
अन्तिम उकारः जस्तै - जान्छु, गाउँछु, खान्छु आदि ।
९. देखि र निम्ति
विभक्ति लागेका शब्दः जस्तै - मदेखि, तिम्रानिम्ति आदि ।
१०. अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम
शब्दमाः जस्तै - सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि, प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।
११. प्रथम पुरुषवाची
एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै - गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।
पदादिमा दीर्घ
१. दुई अक्षरले बनेको
नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै - पूर्ण, घुर्की, कीर्ना, मूर्ख आदि ।
२. विशेषण शब्दमाः
जस्तै - पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।
३. संख्यावाचक शब्दमाः
जस्तै - तीन, बीस, तीस आदि ।
४. केही तत्सम (संस्कृत) शब्दमाः जस्तै -
पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य, सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।
पदमध्यमा दीर्घ
१.
केही नाम शब्दमाः जस्तै - अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच, सन्दूक आदि ।
२.
ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै - जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय, नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।
३.
संख्याबाचक शब्दमाः जस्तै - चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।
४.
विध्यर्थ क्रियामाः जस्तै - बसून्, गरून्, जाऊन् आदि ।
पदान्तमा दीर्घ
१.
स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै - छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।
२.
नपुंशक शब्दको अन्तिम इकारः जस्तै - पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।
३.
सर्वनाम शब्दमाः जस्तै - हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।
४.
ईकारान्त विशेषण शब्दमाः जस्तै - धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।
५.
ऊकारान्त विशेषण शब्दमाः जस्तै - उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।
६.
संख्यावाचक विशेषण शब्दमाः जस्तै - दुई, साठी, सत्तरी, असी आदि ।
७.
विध्यर्थ जनाउने क्रियामाः जस्तै - खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।
८.
सर्वनामबाट निर्मित शब्दको पछाडि आउने 'ही' जस्तै - यही, उही, त्यही आदि ।
९.
'एर' अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः
जस्तै - खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।
१०.
की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै - मेरी, तेरी, रामकी, उसकी आदि ।
११.
'लाई' विभक्ति लागेका शब्दः जस्तै - मलाई, रामलाई, उसलाई आदि ।
१२.
'अरी', 'तरी' प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै -
यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।
१३.
आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः
जस्तै - श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू, उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।
१४.
जात, थर, पेशा जनाउने शब्दमाः जस्तै - कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी, व्यापारी, खेती आदि ।
१५.
स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः
जस्तै - नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।
ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ
हुन्छः जस्तै - भारतेली,
पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।
३. स्थान जनाउने नाम शब्दमाः जस्तै - बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
ReplyDeleteस्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।
नियम बाझे जस्तो छ
सामान्यतया, पदान्तमा आउने उकार ह्रस्व तर इकार भने दीर्घ लेख्ने गरेको पाइन्छ ।
Deletetyasmaa ukaaraanta chha tyasaile ho.
Deleteईय प्रत्यय आउनेमा दीर्घ भएता पनि राष्ट्रिय, केन्द्रिय, सक्रिय, निष्क्रिय आदि ह्रस्व हुन्छन् होइन र ? मैले बुझे अनुसार हिन्दीमा "केन्द्रीय" भनी दीर्घ लेखिएता पनि नेपालीमा ह्रस्व नै हुन्छ । म गलत भए सम्झाउनुहोस् है साथीहरू !!
ReplyDeleteरेफ लागेको शब्द
ReplyDeleteआगन्तुक का नियम
ReplyDeleteआगन्तुक का नियम को पनि चर्चा गर्नु पर्यो।।।।
ReplyDeleteसबैले सजिलै बुझ्ने गरी थोरै अपवाद राखेर नेपाली व्याकरण संसोधन हुनु पर्यो ।
ReplyDeleteपहिला "शुरु" हुन्थ्यो भने अहिले "सुरु" हुन थालेछ । कसरी के को आधारमा हो? पत्तै भएन ।
केन्द्रीय त दीर्घ नै हुन्छ।किनकी इय प्रत्यय लगेको छ।
ReplyDeleteर मा कसरी उकार लाउने ?? कुन ह्रस्व कुन दिर्ग ??
ReplyDelete