ब् / व् को प्रयोग
'ब' को प्रयोग
१.
नेपाली भाषाका झर्रा शब्द र तद्भव शब्दमा 'ब' को प्रयोग गरिन्छः
जस्तै - खाँबो, बखत, बक्सिस, बकुल्लो, बँदेल, बकपत्र, बङ्गारा, बगर, बथान, बादल, बन्धकी, बाडुली, बिगो, बीमा, बेत, देब्रे, अबिर, हिसाब, बर्को, बाजा, सबै, बाटो, बाघ आदि ।
२.
क्रिया र कृदन्त शब्दमा 'ब' को प्रयोग हुन्छः जस्तै - बस्नु, बग्नु, बच्नु, बोल्नु, बाँझ्नु, बचत, बनोट आदि ।
३.
बि, बे, बद उपसर्ग लागेका शब्दमा 'ब' को प्रयोग गरिन्छः जस्तै - बिछोड, बिखर्च, बिजोग, बेकाम, बेकार, बदनाम, बेइज्जत आदि ।
४.
संयुक्त अक्षर लेख्ता पनि 'ब' को प्रयोग गरिन्छः जस्तै - शब्द, क्षुब्ध, शताब्दी, ब्यारेक, ब्याटरी, ब्याज आदि ।
५.
अब, तब, जब, बित्तिकै, बिस्तारै, बुरुक्क, बेर, बेसरीजस्ता
अव्ययवाचक शब्दहरूमा पनि 'ब' को प्रयोग गरिन्छ ।
६.
बाधा, बुद्ध, बुद्धि, बोध, प्रतिबन्ध, बालक, बाला, बालिका, बन्धु, बाहु, बृहत्, स्तब्ध, ब्रह्मा, बाहुल्यजस्ता तत्सम शब्दमा पनि 'ब' को प्रयोग गरिन्छ ।
'व' को प्रयोग
१.
वकालत, वकिल, ह्वास्स, वारि, वाल्ल, ट्वाल्ल, छ्वाल्लजस्ता आगन्तुक र तद्भव शब्दमा पनि 'व' को प्रयोग हुन्छ ।
२.
'उवा', 'वाला', 'आवट' प्रत्यय लागी बनेका शब्दम पनि 'व' को प्रयोग हुन्छः
जस्तै - चरुवा, खोसुवा, फुकुवा, फाँटवाला, हकवाला, घरवाला, खेतीवाला, ढिपीवाला, बोलावट, लेखावट, बनावट, सजावट आदि ।
३.
वि, वै र रेफ भएका तत्सम शब्दमा 'व' को प्रयोग गरिन्छः
जस्तै - विकट, विघटन, विकर्षण, विफल, विकृत, विज्ञापन, विक्रम, विचार, विचित्र, विहीन, विजय, विज्ञान, विद्वान, विनिमय, विवाह, विशाल, वैज्ञानिक, वैरागी, वैशाख, वर्ग, वृद्धि, वर्ष, वर्ण, वार्षिक, वृतान्त आदि ।
४.
वर, तव्य, त्व, वत्, वान्, वती आदि प्रत्यय लागेर बनेका शब्दः जस्तै -
ईश्वर,
कर्तव्य,
वक्तव्य,
द्रष्टव्य,
प्रभूत्व,
नेतृत्व,
मित्रवत्,
पुत्रवत्,
गुणवान्, धनवान्, बलवान्, भगवती, सौभाग्यवती, तपस्वी, तेजस्वी आदि ।
५.
मानव, दानव, राघव, पाण्डव, वासुदेव, सम्भव, संवाद, संवेग, संविधान, वंश, वचन, वर, वाचन, वेद, व्यञ्जन, व्यवस्था, व्याख्या, व्यापक, व्यायाम, व्रत आदि जस्ता तत्सम शब्दमा पनि 'व' को प्रयोग गरिन्छ ।
No comments:
Post a Comment