Wednesday, June 26, 2013

शिरविन्दु र चन्द्रविन्दुको नियमहरू



शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
शिरविन्दु प्रयोगका नियमहरू
१.       कहिलेकाहीँ डिकमाथि वर्ण छ भने चन्द्रविन्दुको ठाउँमा शिरविन्दु लेखेर पनि काम चलाउने गरे तापनि चन्द्रविन्दुकै प्रयोग गर्नु राम्रो हुनेछः जस्तै - औँला/औंला, चुलेँसी/चुलेंसी आदि ।
२.       तत्सम र तद्भव शब्दमा क्, च्, ट्, त्, प्, अघि शिरविन्दु दिएर क्रमशःङ्, ञ्, ण्, न्, म् को काम चलाइन्थ्यो तर यी शब्दमा भन् पञ्चम वर्णहरू नै लेख्नुपर्दछः जस्तै - शंका/शङ्का, लांछना/लाञ्छना, कंठ/कण्ठ आदि ।
३.       य्, र्, ल्, व्, श्, ष्, ह् अघि आएको शिरविन्दुले पनि म् को अर्थ दिन्छः जस्तै - संयम (सम्यम्), संवत् (सम्वत्), संहार् (सम्हार) आदि तर यी वर्णको अघि शिरविन्दुको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४.       नेपाली झर्रा शब्द र आगन्तुक शब्दमा शिरविन्दु प्रयोग हुँदैनः जस्तै - रम्घा, मान्छे, लडन्त, भिडन्त, चम्चा, सम्झना, सिन्की आदि ।
चन्द्रविन्द्र प्रयोगका नियमहरु
१.       नाके बोलीबाट उच्चाहरण हुने शब्दहरु खासगरी अ,,, उ आदि स्वर र ती मिलेका व्यञ्जनको टाउकामा चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - अँजुली, अँध्यारो, आँखा, आँगन, काँस, बाँस, जाँच, साँचो, हाँस, नाउँ, जाँगर, भुँडी, दायाँ, वायाँ आदि ।
२.       क्रियाको प्रथम पुरुषको रूपमा पनि चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - गएँ, लिएँ, जान्छौँ, गरूँला, छौँ, लेखेँ, लेख्थेँ आदि ।
३.       उहाँ, जहाँ, त्यहाँ, आउँलाजस्ता अव्यय शब्दमा चन्द्रविन्दुको प्रयोग गरिन्छ ।
४.       दुईवटा स्वरमा चन्द्रविन्दुको प्रयोग गरिन्छः जस्तै - गाउँछ, लगाउँथ्यो, देखाउँछन्, गराउँथी आदि ।

No comments:

Post a Comment