Friday, June 14, 2013

नेपाली भाषा


नेपाली भाषा
नेपाली भाषा नेपालको राष्ट्रभाषा र सम्पर्क भाषा तथा भारत, भुटान र बर्माको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा आर्य-भारोपेली समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी काम काजको) भाषा हो । नेपालका करिब आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णहरू छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन् ।
नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको मगर जातिहरूले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ ।

नेपाली भाषाका विशेषताहरू
१.       बायाँबाट दायाँतिर लेखिने ।
२.       स्वर तथा व्यञ्जन दुवै वर्णको प्रयोग भएको ।
३.       शब्दको माथि भागमा डिका दिएर लेखिने ।
४.       स्वर वर्णलाई मात्रा तथा अक्षर दुवै रूपमा प्रयोग गर्न सकिनेः जस्तै - आ/( + )= का, इ/( +)= कि आदि ।
५.       बहुरूपी वर्णहरूको प्रयोग भएकोः जस्तै - '' का विविध रुप, '' का विविध रूप आदि ।
६.       बर्णात्मक लिपि भएको भाषा, एउटा चिन्हले एउटा वर्ण जनाउने ।
७.       कतिपय वर्णहरू हलन्त बोलिए पनि अजन्त लेखिनेः जस्तै - चाल, पाल, मान, माल आदि ।

No comments:

Post a Comment