Wednesday, June 26, 2013

हलन्त र अजन्तको प्रयोग



हलन्त र अजन्तको प्रयोग
हल् भनेको व्यञ्जन वर्ण हो र अज् भनेको स्वर वर्ण हो । हलन्त शब्दको अन्त्यमा व्यञ्जन वर्ण हुन्छ । अजन्त शब्दको अन्त्यमा स्वर वर्ण हुन्छ । व्यञ्जन अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिन्छ भने स्वर वर्ण अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिदैन ।
हलन्तसम्बन्धी नियमहरू
१.       मान्, वान् प्रत्ययबाट निर्मित शब्दमा हलन्तको प्रयोग हुन्छः जस्तै - श्रीमान्, विद्वान् भगवान्, धनवान्, बुद्धिमान् आदि ।
२.       अन्त्यमा त्, द्, म् भएका तत्सम शब्दमा हलन्तको प्रयोग हुन्छः जस्तै - अकस्मात्, आपत्, कदाचित, भविष्यत्, चित्, जगत्, दण्डवत्, बृहत्, यावत्, विद्युत्, सभासद्, अहम्, आपद्-विपद्, संसद्, एवम्, स्वयम्, स्वागतम्, आदि ।
३.       अनुष्टुप्, पृथक्, महान्, सम्राट, षट् जस्ता तत्सम शब्दमा हलन्तको प्रयोग गरिन्छ ।
४.       द्वितीय पुरषवाचक अनादर एकवचन कर्ताको क्रियामा हलन्तको प्रयोग हुन्छः जस्तै - गर्, बस्, खाइस्, गइन्, हेरेस्, गएस्, जालास् आदि ।
५.       उस्, उफ्, कैयन्, क्याबात्, झन्, धत्, स्याबास्, इस्‌जस्ता अव्यय शब्दमा हलन्तको प्रयोग हुन्छ ।
६.       तृतीय पुरुषको बहुवचन क्रिया हलन्त लेखिन्छः जस्तै - जान्छन्, भन्नेछन्, गएछन् आदि ।
अजन्तसम्बन्धी नियमहरू
१.       नाम, सर्वनाम, विशेषण, अनुकरणात्मक शब्दहरू हलन्त उच्चाहरण भएपनि अजन्त लेखिन्छः जस्तै - कपाल, काट, दालभात (नाम), उस, त्यस, उन (सर्वनाम), उदेक, दस, इमान(विशेषण), गडबड, झलझल(अनुकरणात्मक) आदि ।
२.       एक अक्षरी शब्द अजन्त लेखिन्छः जस्तै - छ,, तँ,,,,, ह आदि ।
३.       केही संख्यावाचक शब्दहरु अजन्त लेखिन्छः जस्तै - छ, एघार, बाह्र, तेह्र, चौध आदि ।
४.       अब, जब, तब, पर, तल, नत्र, निर, बाहिर, सँग, सित, जान, आउन, बसेर, हेरेरजस्ता अव्यव शब्दमा अजन्त प्रयोग गरिन्छ ।
५.       पढ, लेख, डुल, सुनजस्ता द्वितीय पुरषका बहुवचनबोधक विध्यर्थ क्रियामा अजन्तको प्रयोग हुन्छ ।
६.       , जान्छ, हुनेछ, हुँदैन, हुने छैन, थिएन, गरेन, भेननजस्ता तृतीय पुरुषका एकवचन बुझाउने क्रियाको अनादर रूप अजन्त लेखिन्छ ।
७.       गर्न, खर्च, पर्ख, मर्द, हर्र, सर्रर, झ्वाम्म, झिक्न, फर्क, लाग्न, पन्ध्र, झुस्स झलमल, भिडन्तजस्ता संयुक्त वर्ण भएका शब्दमा अजन्तको प्रयोग गरिन्छ ।
८.       दनादन, दन्दनी, चसचसीजस्ता उही वर्ण दोहोरिएर निर्मित अनुकरणात्मक शब्द अजन्त लेखिन्छ ।

7 comments:

  1. Thanks, for your comment and interest on this subject.

    ReplyDelete
  2. Very informative Thank You for your valuable post !

    ReplyDelete
  3. नेपाली व्याकरणका लागि अति उपयोगी । पोस्ट का लागि धन्यवाद ।

    ReplyDelete
  4. Really it helped me and helps to many learners. 'Hallent' in a nutshell!
    Thanks a lot!

    ReplyDelete