Wednesday, June 26, 2013

य / ए को प्रयोग



य / ए को प्रयोग
'' को प्रयोग
१.       सर्वनाम र त्यसबाट निर्मित शब्दमा '' को प्रयोग हुन्छः जस्तै - यो, त्यो, यता, यति, यत्रो, त्यत्रो, त्यहाँ, त्यसरी, यतिञ्जेल आदि ।
२.       व्युत्पन्न शब्दको मध्य र अन्त्यमा '' को प्रयोग हुन्छः जस्तै - घुस्याहा, रत्यौली, मतियार, दुष्ट्याइँ, सहरिया, जहानियाँ, घरानियाँ आदि ।
३.       यज्ञ, विद्यालय, यमुना, एयर, टायल, डायरी, डायल, सजाय, कायल, गयल, गायबजस्ता आगन्तुक शब्दमा '' को प्रयोग हुन्छ ।
४.       पेय, हाँस्य, कार्य, रमणीय, कर्तव्य, दृष्य, वाक्य, जय, माधुर्य, पाण्डित्य वाणिज्य, सौन्दर्य, राष्ट्रिय, क्षेत्रीय, स्वर्गीय, स्वकीय, राजकीय, भवदीय, अमात्य, ग्राम्य, मूल्य, मुख्य, मनुष्य, दैत्य, जलमय, वाङ्मयजस्ता तत्सम शब्दमा '' को प्रयोग हुन्छ ।
५.       भूतकालीन सहायक क्रिया थियो, थियौँ, थियौ, आदि मा पनि '' को प्रयोग हुन्छ ।
६.       'ता' प्रत्यय अघि '' को प्रयोग  गरिन्छः जस्तै - रचयिता, मनुष्यता आदि ।
'' को प्रयोग
१.       खासगरी अङ्ग्रेजी स्रोतबाट भित्रिएका आगन्तुक नेपाली शब्दमा '' को प्रयोग हुन्छः जस्तै - एजुकेसन, एक्स-रे, एजेण्डा, एजेन्सी, एभरेस्ट, एयरलाइन्स आदि ।
२.       संख्यावाचक शब्द र त्यसबाट निर्मित शब्दमा '' को प्रयोग हुन्छः जस्तै - एक, एउटा, एक्काइस, एकतीस, एकहत्तर, एकानब्बे आदि ।
३.       सम्भावनार्थ, क्रियामा '' को प्रयोग हुन्छः जस्तै - खाइएला, गइएला, भनिएला, पढिएला आदि ।
४.       एकता, एकत्व, एकादशी, एकत्र, एकाग्र, एकाङ्की, एकान्त, एवम्‌जस्ता तत्सम शब्दमा '' को प्रयोग हुन्छ ।
५.       कृदन्त शब्दमा '' को प्रयोग गरिन्छः जस्तै - गएर, खाएर, भएर, सुनिएर, लस्किएर, कुल्चिएर आदि ।
६.       भूतकाल बुझाउने प्रथम पुरुषको एकवचन र तृतीय पुरुषको बहुवचन सामान्य क्रियामा र द्वितीय पुरुषको विध्यर्थ क्रियामा '' को प्रयोग गरिन्छः जस्तै - लाएँ, खाएँ, पठाएँ, लिएँ, गएँ, खाए, ल्याए, गाए, पाए, भए, दिएस्, रोएस्, खाएस्, धोएस्, गए आदि ।

No comments:

Post a Comment