Monday, December 23, 2013
Thursday, December 12, 2013
Thursday, October 24, 2013
Monday, September 30, 2013
Wednesday, September 25, 2013
Wednesday, September 4, 2013
Sunday, September 1, 2013
Monday, August 26, 2013
Sunday, August 25, 2013
Saturday, August 24, 2013
Monday, August 19, 2013
Saturday, July 27, 2013
Tuesday, July 23, 2013
Sunday, July 21, 2013
Saturday, July 20, 2013
Friday, July 19, 2013
Wednesday, June 26, 2013
शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
शिरविन्दु प्रयोगका
नियमहरू
१.
कहिलेकाहीँ डिकमाथि वर्ण छ भने चन्द्रविन्दुको ठाउँमा
शिरविन्दु लेखेर पनि काम चलाउने गरे तापनि चन्द्रविन्दुकै प्रयोग गर्नु राम्रो
हुनेछः जस्तै - औँला/औंला, चुलेँसी/चुलेंसी आदि ।
२. तत्सम र तद्भव शब्दमा क्, च्, ट्, त्, प्, अघि शिरविन्दु दिएर क्रमशःङ्, ञ्, ण्, न्, म् को काम चलाइन्थ्यो तर यी शब्दमा भन् पञ्चम वर्णहरू नै लेख्नुपर्दछः जस्तै - शंका/शङ्का, लांछना/लाञ्छना, कंठ/कण्ठ आदि ।
३. य्, र्, ल्, व्, श्, ष्, ह् अघि आएको शिरविन्दुले पनि म् को अर्थ दिन्छः जस्तै - संयम (सम्यम्), संवत् (सम्वत्), संहार् (सम्हार) आदि तर यी वर्णको अघि शिरविन्दुको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४. नेपाली झर्रा शब्द र आगन्तुक शब्दमा शिरविन्दु प्रयोग हुँदैनः जस्तै - रम्घा, मान्छे, लडन्त, भिडन्त, चम्चा, सम्झना, सिन्की आदि ।

चन्द्रविन्द्र
प्रयोगका नियमहरु
१. नाके बोलीबाट उच्चाहरण हुने शब्दहरु खासगरी अ, आ, इ, उ आदि स्वर र ती मिलेका व्यञ्जनको टाउकामा चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - अँजुली, अँध्यारो, आँखा, आँगन, काँस, बाँस, जाँच, साँचो, हाँस, नाउँ, जाँगर, भुँडी, दायाँ, वायाँ आदि ।
२. क्रियाको प्रथम पुरुषको रूपमा पनि चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - गएँ, लिएँ, जान्छौँ, गरूँला, छौँ, लेखेँ, लेख्थेँ आदि ।
३. उहाँ, जहाँ, त्यहाँ, आउँलाजस्ता अव्यय शब्दमा चन्द्रविन्दुको प्रयोग गरिन्छ ।
४. दुईवटा स्वरमा चन्द्रविन्दुको प्रयोग गरिन्छः जस्तै - गाउँछ, लगाउँथ्यो, देखाउँछन्, गराउँथी आदि ।

हलन्त र अजन्तको प्रयोग
हलन्त र अजन्तको प्रयोग
हल् भनेको व्यञ्जन वर्ण हो र अज् भनेको स्वर वर्ण
हो । हलन्त शब्दको अन्त्यमा व्यञ्जन वर्ण हुन्छ । अजन्त शब्दको अन्त्यमा स्वर वर्ण
हुन्छ । व्यञ्जन अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिन्छ भने स्वर वर्ण
अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिदैन ।
हलन्तसम्बन्धी नियमहरू
१.
मान्, वान् प्रत्ययबाट निर्मित शब्दमा हलन्तको प्रयोग
हुन्छः जस्तै - श्रीमान्, विद्वान् भगवान्, धनवान्, बुद्धिमान् आदि ।
२.
अन्त्यमा त्, द्, म् भएका तत्सम शब्दमा हलन्तको प्रयोग
हुन्छः जस्तै - अकस्मात्, आपत्, कदाचित, भविष्यत्, चित्, जगत्, दण्डवत्, बृहत्, यावत्, विद्युत्, सभासद्, अहम्, आपद्-विपद्, संसद्, एवम्, स्वयम्, स्वागतम्, आदि ।
३.
अनुष्टुप्, पृथक्, महान्, सम्राट, षट् जस्ता तत्सम शब्दमा हलन्तको प्रयोग
गरिन्छ ।
४.
द्वितीय
पुरषवाचक अनादर एकवचन कर्ताको क्रियामा हलन्तको प्रयोग हुन्छः जस्तै - गर्, बस्, खाइस्, गइन्, हेरेस्, गएस्, जालास् आदि ।
५.
उस्, उफ्, कैयन्, क्याबात्, झन्, धत्, स्याबास्, इस्जस्ता अव्यय शब्दमा हलन्तको प्रयोग
हुन्छ ।
६.
तृतीय पुरुषको बहुवचन क्रिया हलन्त लेखिन्छः
जस्तै - जान्छन्, भन्नेछन्, गएछन् आदि ।
अजन्तसम्बन्धी
नियमहरू
१.
नाम, सर्वनाम, विशेषण, अनुकरणात्मक शब्दहरू हलन्त उच्चाहरण भएपनि अजन्त
लेखिन्छः जस्तै - कपाल, काट, दालभात (नाम), उस, त्यस, उन (सर्वनाम), उदेक, दस, इमान(विशेषण), गडबड, झलझल(अनुकरणात्मक) आदि ।
२.
एक अक्षरी शब्द अजन्त लेखिन्छः जस्तै - छ, त, तँ, न, म, र, ल, ह आदि ।
३.
केही संख्यावाचक शब्दहरु अजन्त लेखिन्छः जस्तै -
छ, एघार, बाह्र, तेह्र, चौध आदि ।
४.
अब, जब, तब, पर, तल, नत्र, निर, बाहिर, सँग, सित, जान, आउन, बसेर, हेरेरजस्ता अव्यव शब्दमा अजन्त प्रयोग गरिन्छ ।
५.
पढ, लेख, डुल, सुनजस्ता द्वितीय पुरषका
बहुवचनबोधक विध्यर्थ क्रियामा अजन्तको प्रयोग हुन्छ ।
६.
छ, जान्छ, हुनेछ, हुँदैन, हुने छैन, थिएन, गरेन, भेननजस्ता तृतीय
पुरुषका एकवचन बुझाउने क्रियाको अनादर रूप अजन्त लेखिन्छ ।
७.
गर्न, खर्च, पर्ख, मर्द, हर्र, सर्रर, झ्वाम्म, झिक्न, फर्क, लाग्न, पन्ध्र, झुस्स झलमल, भिडन्तजस्ता संयुक्त वर्ण भएका शब्दमा
अजन्तको प्रयोग गरिन्छ ।
८.
दनादन, दन्दनी, चसचसीजस्ता उही वर्ण दोहोरिएर निर्मित
अनुकरणात्मक शब्द अजन्त लेखिन्छ ।
Subscribe to:
Posts (Atom)